श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २५ गते बुधबार, ८ जुन २०२२ । नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, ८ः४७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी भोलि ४ः४४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्याेदय ५ः०७ बजे र सूर्यास्त ६ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमै उपलब्धि हासिल हुनेछ । रोकिएको काम बन्नुका साथै जिम्मेवारी पनि बढ्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गरेअनुसार भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । छोटो दूरीको रमाइलो यात्रा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष कामको जग बसाउने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइ–लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरेमा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव हुनेछ । अनावश्यक सामान खरिदमा खर्च बढ्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ । मित्रजनसँग असमझदारी बढ्नाले सम्झौता भङ्ग हुन सक्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारबाट विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै प्रतिफल पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ ।