श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १४ गते शनिबार, ३० जुलाई २०२२, नलनाम संवत्सर। श्रावण शुक्लपक्षको द्वितीया तिथि भोलि ०३ः१७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्लेषा १२ः२९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । समाज सेवामा मन जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो कमजोरीले बाधा पु¥याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामकाजमा केही समस्या आउनेछ । विशेष योजना सार्वजनिक नगर्नु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछिका लागि जोहो गर्नुपर्ने समय छ । व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमप्रति समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ । पहिलेको योजना स्थगित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काममा तत्काल जुट्न नसकिएला । आत्मविश्वास कमजोर हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अज्ञानताले पनि काम कुनै रोकिन सक्छ। नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ।