श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १५ गते, आइतबार, ३१ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको तृतीया तिथि भोलि ०४ः३३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मघा १४ः३४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गरे दिगो काम प्रारम्भ हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर, खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ। बुद्धि लगाए लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईष्र्यालु मन भएकाहरूले सताउनेछन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामकाजमा केही दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीको स्रोत बढ्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । समाज सेवामा मन जानेछ । मन शान्त रहला ।