विराटनगर । विराटनगरमा जारी दोस्रो ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा तीनवटा स्कुल क्वार्टरफाइनमा प्रवेश गरेका छन् ।
प्याब्सन विराटनगरको आयोजनामा सोमबार सम्पन्न खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा अर्पण स्कुलले कोसी मोडल स्कुललाई ४–० गोलले पराजित गरेको छ ।
जितका लागि अर्पणका अविशेक मगरले २ गोल, आदर्श राई र दिवस खतिवडाले समान १–१ गोल गरे । वाल्मीकि स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले हराएको छ ।
वाल्मीकिका सरोज साहले दुवै गोल गरे । तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराएको छ । सेन्टजोसेफबाट दीपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले १–१ गोल गरे ।
यस्तै अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित ग¥यो । जेम्सका तर्फबाट अङ्कित दाहाल, सुशील बस्नेत, डेबिट खड्काले १–१ गोल गरे ।
विराटको तर्फबाट ओएसिस तिम्सिना र रन्जित दनुवारले समान १–१ गोल गरे । आज (मङ्गलबार) को पहिलो खेल अर्पण र बिकेभिएम स्कुलबीच हुँदै छ । दोस्रो खेल गोदावरी र मोडर्न एरा, तेस्रो खेल डनबस्को र ग्रेडेड, चौथो खेल वाल्मीकि र सेन्टजोसेफ, पाँचौं खेल मदरल्यान्ड र जेम्स स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।