धरान । धरान बास्केटबल सङ्घको आयोजनामा शनिबारबाट आठौँ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प सुरु भएको छ ।
सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा सुरु भएको क्याम्पमा धरानका विभिन्न स्कुलहरूबाट हालै एसईई परीक्षा दिएका र अन्य बास्केटबलप्रति इच्छुक गरी ५० जना विद्यार्थी सहभागी छन् । ट्यालेन्ट हन्ट तीन हप्तासम्म चल्नेछ ।
एसईई दिएर बसेकाहरूलाई भने विद्यार्थीको क्षमताअनुसार रिजल्ट नआएसम्म सङ्घले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीलाई विद्यार्थीको इच्छाअनुसार धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुवेदीले जनाए । सङ्घले अहिलेसम्म सयभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।
धरान रङ्गशालास्थित इन्डोर बास्केटबल कोर्टमा सुरु भएको क्याम्पको उद्घाटन सङ्घका अध्यक्ष नारायण सुवेदीले गरेका थिए ।