विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन्  । गृह मन्त्रालयद्वारा आज  आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा  उनले  माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरेका छ्न् ।

बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकीर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिएका छन् । उनले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोशी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर रहेको बताएका छन्का छन्  ।

उनले सङ्घीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याका छन्   ।

खुल्ला सीमा व्यवस्थित भएमा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफूतर्फ लागि परेको बताउनुभयो । कोशी प्रदेशमा लागू औषध दुव्र्यसनीको ठूलो समस्या रहेको भन्दै उनले  चाडपर्वको समयमा बजारमा