धरान । धरान उपमहानगरपालिका ६ पानबारीस्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा सोमबार एक महिला अर्धनग्न अवस्थामा मृत भेटिएकी छन् ।
महिलाको शवको पहिचान हालसम्म हुन सकेको छैन । वन क्षेत्रको एक रुखमा घाँटीमा डोरीमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । अर्धनग्न अवस्थामा रहेकाले घटना हत्या हो वा आत्महत्या हो भन्ने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
शवको पहिचानका लागि जिल्ला प्रहरी कार्यालयले सहयोगको लागि अपील गरेको छ । प्रहरीका अनुसार करिब ३०–३२ वर्षीया मङ्गोलियन समुदायको नाकमा नत्था लगाएको, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल नीलो जिन्सको पाइन्ट लगाएकी सौ हातमा बोलानो घडी र सेता बाला लगाएकी र सेतो खैरे कलरको जुत्ता लगाएकी महिलाको शव फेला परेको हो ।