विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी चेकिङ टोलीले पैदल हिँडिरहेका भोजपुर नगरपालिका–७ का २१ वर्षीय युजिन श्रेष्ठलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा उनको साथबाट ट्रामाडोल १ हजार ५८० क्याप्सुल, डाइसाइक्लोमिन १ हजार ५९० ट्याब्लेट र ब्राउन सुगर  १.३३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।