ताप्लेजुङ/ दृष्टिविहिन एक महिला ताप्लेजुङ सदरमुकामको सडक किनारमा अहिले एउटा हातमा टकटके बोकेर निरन्तर ढुङगा संगको संघर्ष भेटिन्छिन् । न उनि सँग दिनको राम्रो चिनारी नै छ न रातसंगको ।
जन्मेको तीन वर्षमानै दुवै आँखाको ज्योति गुमाएकि ताप्लेजुङ सान्थाक्रा गाविसकि लाक्पा खाङ्डु शेर्पा विहान बेलुकाको छाक टार्न अहिले सडकमा गिटि कुटिरहेकि छिन् । चामल किन्ने पैसा नहुँदा दुई महिना देखि खाना समेत नखाई चाउचाउ र विस्कुटको भरमा दिन काटिरहेको उनको दुखेसो छ ।
आफु सँग भएको रकम घर धनिलाई दिएर चामल किनेर खाना बनाउन लगाए पनि अहिले चामल सकिएको बताए पछि खाना नखाएको उनले बताईन् । आफुलाई अपाङ्गताको परीचय पत्र दिए पनि लामो समय देखि अपाङ्गता भत्ता समेत नदिएको शेर्पाले गुनासो गरीन् ।
चौबिसै घण्टा अन्धकारमय आफनो जिवनको यात्रालाई चालु गर्नको लागि गिटि कुटेर कडा संघर्ष गरिरहदा पनि बिहान बेलुकाको छाक टार्न गाह्रो भएको उनको दुखेसो छ ।
सानैमा सबै परीवार गुमाएकि शेर्पा आफ्नो भदै सँग केहि वर्ष अघि जिवन जिउने विकल्प खोज्न सदरमुकाम पसिन कुनै विकल्पनै नभएपछि अहिले उनि गिटि कुटेर आफ्नो ५३ वर्षको उमेरलाई दौडाई रहेकि छिन् ।
उनिसँगै गिटि कुट्दै आएकि स्थानिय हिमकला खबासले उनलाई कोठाबाट गिटिकुट्ने स्थान सम्म पु¥याउने र ल्याउने गर्दै आएकि छिन् ।
सुख, हासो र खुसैमा त सबै आफ्ना हुन्छन र नजिक पनी भन्ने तितो यथार्थ यहाँ पनि देखिएको छ । उनको पिडालाई मलम लगाउन र उनको गिटि सँगको दैनिकि भन्दा माथि निकाल्न कसैको आँखा गएको छैन ।