धरान/कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको चालिसौं प्रधानमन्त्री चुनिएका छन् ।

संसदमा उनले दुई तिहाई मत प्राप्त गर्दै १२ वर्षपछि प्रधानमन्त्री बनेका हुन् । निवर्तमान प्रम पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि देउवा प्रधानमन्त्रीको लाइनमा थिए ।
३८८ सांसदले उनको पक्षमा मत हालेपछि प्रम चुनिएका हुन् । जवकी प्रम बन्नको लागि २९७ मत नै काफी थियो । ५९३ सांसद मध्ये १७० प्रतिपक्षमा थिए ।
उनलाई आफ्नो पार्टीका अलवा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाललगायत दलहरुको समर्थन रहेको थियो ।
देउवा योसँगै चौथो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । २०५२ सालमा पहिलो पटक प्रम बनेका उनी २०५८, २०६१ मा पनि प्रम बनेका थिए ।