धरान/नेपाल स्काउट जिल्ला कार्य समिति सुनसरीले ६५ औ नेपाल स्काउट दिवशको अवसरमा धरानमा अन्तर विद्यालय स्तरीय वतृत्वकला सम्पन्न गरेको छ ।   धरान–१३ स्थित स्काउट भवनमा सोमबार भएको प्रतियोगितामा छात्र र छात्रा बीच भिडन्त गराइएको थियो । छात्रतर्फ विष्णु ट्रुपका उत्सव खतिवडा प्रथम बन्दा माउण्ट हर्मन ट्रुपका अनमोल राई दोस्रो बनेका थिए । त्यस्तै पव्लिक मावि फुस्रे ट्रुपका निश्चल खड्का तेस्रो बने । छात्रातर्फ माउण्ट हर्मन टु्रपका सन्ध्या खड्का प्रथम बनिन् । त्यस्तै विष्णु ट्रुपका साइना पोद्धार दोस्रो र सनराइज टु्रपका जेनुका राई तेस्रो बनेका छन् । कार्यक्रममा निर्णायकहरु हरिकृष्ण श्रेष्ठ, ज्ञानु श्रेष्ठ र गंगादेवी ज्यापू रहेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ससस्त्र प्रहरीबल धरानका इनिस्पेक्टर रविन ढुङगेललगायतले पुरस्कार वितरण गरेका थिए । हरेक वर्ष जुन १९ का दिन स्काउट संस्थापक वेडेन पावेलको सम्झनामा स्काउट दिवश मनाउने गरिएको कार्यक्रमकी अध्यक्ष विणा राईले बताइन् ।