[caption id="attachment_43068" align="alignleft" width="459"] फायल फाेटाे[/caption]

भारत/ भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताए। उनले विश्व योगा दिवसको अवसरमा बुधबार दिएको सन्देशमा सो धारणा राखेका हुन् ।

बुधबार विश्व योगा दिवसको अवसरमा अहमदावाद सहरमा १ लाख २५ हजार व्यक्ति योगाको लागि उपस्थित भएका थिए । उनीहरुले बिहान योगा गरेरै दिवस मनाउने कार्यक्रमको सुरुवात गरेका थिए ।

सबैभन्दा धेरै व्यक्ति एकै स्थानमा बसेर योगा गरेको घटनालाई गिनीज वल्र्ड रेकर्डमा राख्ने उद्देश्यले आज विश्व योगा दिवसकै दिन पारेर सो योगा कार्यक्रमको आयोजना गरिएको हो ।

सो अभियानको नेतृत्व भारतका योगगुरु बाबा रामदेवले गरेका थिए । उनी उक्त समारोहको मञ्चमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसँगै योगासनमा बसेका थिए।

यस वर्षको यो दिवस तेस्रो विश्व योगा दिवस हो । यस दिवस आज विश्वका करिब १०० देशमा मनाइने विश्वास गरिएको छ ।

यस अभियान अन्तर्गत प्रधानमन्त्री मोदी बुधबार बिहान लखनउ पुगेका थिए । उत्तर प्रदेशको राजधानी लखनउ हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले यहाँ गतवर्ष भएको निर्वाचनमा भारी बहुमत हासिल गरेको थियो ।

निकै ठूलो भीड रहेको सो योगाशन समूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो– भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगाले नै जोड्ने काम गरेको छ ।

प्रधानमन्त्री मोदीले योगाले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ । त्यसैले योगाकै माध्यमबाट विश्वका नागरिकलाई पनि एकै स्थानमा ल्याउने र भावनात्मक रुपले जोड्ने काम गर्दछ– उनले भने ।

भारतीय टेलिभिजनहरुले बुधबार देशैभरि योगाशन गरिरहेका दृश्यहरु देखाएका छन् । सैनिक एवम् प्रहरीका क्याम्प, स्कुल कलेज, मठमन्दिर आदिमा पनि विभिन्न योगाशनहरु गरिएका दृश्यहरु देखाइरहका बताइएको छ ।

रासस÷एएफपी