साउदीमा दुई नेपालीको मृत्यु
साउदी/साउदी अरबको एक ग्यास कम्पनीको विषाक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको मृत्यु भएको छ ।
साउदीको जुवेलस्थित ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको मृत्यु भएको नेपाली दूतावासले पुष्टी गरेको छ । उनीहरुको जुन १८ मा मृत्यु भएको हो ।
दूतावासका अनुसार बस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































