पथरी/मोरङको रंगेली—७ घर भएका रोशन बिश्वकर्माले आफ्नो छोरा महेश बिश्वकर्मालाई रकम अभावका कारणले ५बर्षका छोरालाई राम्रो उपचार गराउन नसक्दा समस्यामा परेका छन् ।
[caption id="attachment_51196" align="alignnone" width="576"]
Picture by Dinesh Subba[/caption]
छोरो ५ बर्षको भइसक्दा समेत राम्रोसँग उभिन सकेका छैनन् भने बोली समेत आएको छैन । ती अवोध बालक कसरी हुर्काउने हो भनेर रात दिन चिन्ताले मन पिरोली रहेको आमा शान्ता बिश्वकर्माले बताइन । बिगत १० बर्षदेखी ५ घुर अैलानी जग्गामा सानो फुसको घरमा बसिरहेका छन । रोशन बिश्वकर्माले आफ्नो दुखेसो पोख्दै भने मेरो बुबा स्वर्गरोहण भएको पनि १५ बर्ष भइसक्यो, आमा पनि बिगत ७ बर्षदेखी भारतको लुधियानामा दैनीकी ज्यालादारीको काम गरेर बसिरहनु भएको छ । घरमा म श्रीमती, र अपांग भएको छोरा बसिरहेका छौ ।
आँखा भरी आँसुको धारा बगाउँदै बिश्वकर्मा भन्दछ त्यो जुनिमा कस्तो पाप गरेको रहिछु । यति धेरै दुःख किन दिएको होलान भन्दै रुदै भने के गर्नु छोरा अहिलेसम्म बोल्न पनि सकेको छैन, राम्रोसँग उभिन समेत सक्दैन कसरी यसलाई हुर्काउनु भन्छिन् आमा शान्ता बिश्वकर्मा ।
उपचार गर्न लगौभने पैसा छैन, श्रीमानले रंगेली काठमाडौ चलने सार्वजनिक बस दैनिकी सरसफाइ गरेर कुनै दिन ४ सय रुपैया कमाएर ल्याउने गर्नु हुन्छ । कहिले गाडिनै नआउदा खालिनै हात फर्किनु हुन्छ । एक जनाको कमाईले परिवार पाल्नुकि छोराको उपचार गराउन लैजानु भन्दै बिलौना गरिरहेका छन ।
पैसा नभएकै कारण छोरालाई घरमै राखेर सिहार सुसार गरि रहेको उनी बताउँछिन । बिगत दुई बर्ष अगाडि छोरा लाई उपचारको लागि समुदायमा आधारीत पुनस्थापना (शारीरिक पुनःस्थापन केन्द्र) बिराटनगरमा आफु गएता पनि त्यस ठाउँमा मेरो छोराको राम्रोसँग हेरचाह नगरेको र घरमै लगेर मालिस गर्नु भनेर फर्केको समेत उनले बताए ।
अपाङ्ग महासंघ,सिभिआर बिराटनगर ,महिला बिकास,बाल अस्पताल स्थापना भएता पनि अवोध बालकको उपचार भने हुन सकेको छैन । आमाबुबालाई घर खर्च कसरी चलाउने हो भनेर चिन्ता छ भने अर्कोतिर छोरोको उपचार कसरी गर्ने हो भन्दै उनीहरुलाई छट्पटी रहेका छन ।
सरकारले निःशुल्क उपचार गरिदिए हुन्थियो भन्दै बिलौना गरिरहेका छन । अहिले नेपालमा विदेशी संस्थाहरुले अनेकौं नाम राखेर गरिव,असाय,दलित,अशक्त,अपांगहरुको लागि भनेर विभिन्न संस्था स्थापना गरेता पनि त्यो भने बोल्ने र पहुँचमा भएको ब्यक्तिहरुलाई मात्रै सिमित छ ।