विराटनगर/अचेल बेमौसमीफलफूलतथा तरकारीहरू सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजार सम्म पुर्याउने एक प्रकारको होडबाजी नै जस्तो चलेको छ । जसका कारण अत्याधिक मात्रामा हानिकारक किटनाशक विषादी, रसायनि कमलखादको अत्याधिक प्रयोग, प्रयोगशालामा उत्पादित उन्नत भनिएका हाइब्रिड बीजहरु र तिनबाट उत्पादित खाद्यान्न बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
कस्ता विषादीप्रयोग हुन्छन् ? नेपालमाअत्याधिक प्रयोग हुने विषादीहरुमा ईन्डोसल्फान, डिक्लोरोवोस,फेनवेलेरेट, साइपरमेथ्रिन, म्यन्कोजेब, डाइफेनाइलामाइन, इथिओन, डिडिटी जस्ता विषादीहरु पर्दछन् । काठमाडौँ उपत्यकामा भित्रिएका जाडो र गर्मी यामका गरी करीब तीस प्रकारका फलफूल तथा तरकारीहरुमा गरिएको एक अध्ययनअनुसार ‘डाईक्लोरोभोस’ तथा ‘मिथाएलपाराथिओन’नामक किटनाशक विषादीको मात्रा औसत भन्दातिन गुणा ज्यादा पाइएको छ ।
चिन्ने कसरी? हेर्दैमाआकर्षक, चिल्ला, उज्याला, ठुला–ठुला, सलक्क परेका फलफूल तथा तरकारीमा विषादी प्रयोग गरिएका हुन सक्छन् । बरु अलिअलि किरा लागेका फलफूलतथा तरकारी विषादी रहित हुने सम्भावना ज्यादा हुन्छ । हालसालै गरिएको एक अध्ययनअनुसार विषादीको मात्रातुलनात्मक रुपमाज्यादापाइने फलफूलतथा तरकारीहरुमा स्ट्रबेरी, स्याउ, आरु, अंगुर, पैंयु (चेरी) , पालुङ्गो, टमाटर, बोडी,सिमी, घण्टे खोर्सानी (क्यापसिकम), काँक्रा, आलु,रातो खोर्सानीआदि रहेका छन् ।
विषादीको मात्रा तुलनात्मक रुपमा कम पाइने फलफूल तथा तरकारीहरुमा घ्यू फल (एवोकाडो), घोगा मकै, भुइँ कटहर, बन्दागोभी, मटरकोसा, प्याज, कुरीलो, आँप, मेवा, किवी, भन्टा (बैगुन), मौसम, लप्सी, काउली, खरबुजा, सुठुनी, तरुल , सुन्तला, अनार आदि रहेका छन् । कसरी आउँछ कृतिम चमक? हिजो आज बजारमा सिमी, हरियो प्याज, कर्कलो, पर्वल, भिंडी, बोडी जस्ता तरकारीलाई ताजा र हरियो देखाउन हरियो अखाद्द रङ्ग तथानिलोतुथो (कपर सल्फेट) को झोलमा डुबाउने गरिन्छ। यस्ता कृतिम चमक भएका खाद्यान्नको सेवनले धेरै प्रकारका रोगहरु लाग्ने र शरीरको प्रतिरोधात्मक क्षमतामा समेत कमीआउने गर्दछ ।
कसरी पकाउँछन् समय अगावै ? मेवा,आँप, केरा, स्याउ जस्ता फलफूलहरुलाई समय अगावै अप्राकृतिक तरीकाले चाँडो भन्दाचाँडो पकाउनका लागि ‘कार्बाइड’, ‘इथाइलिन’ जस्ता हानिकारक रसायनहरुको प्रयोग गरिएको पाइएको छ । यस्ता रसायनयुक्त फलफूलको सेवनले मुख तथा पेटको अल्सर, फोक्सोमा संक्रमण, छालाको समस्या, शरीरमाहर्मोनको गडबडी,पेट सम्बन्धी समस्या साथैक्यान्सर समेत लगाउन सक्ने भएकाले बेलैमा सचेत हुनु जरुरी देखिन्छ । यस्ता विषादी प्रयोग गरी पकाइएको फलको प्राकृतिक रङ्ग, वासनातथा स्वादत्यतिहुदैन । यिनीहरुकोबाहिरी बोक्रा एक नासको रातो वा उज्यालो पहेंलो देखिन्छ । तर भित्रत्यति राम्रो संग नपाकेको कडा र गुदीपनि रस विहीन सुख्खा किसिमको हुन्छ यिनीहरुको बोक्रामा गाढा हरियो किसिमको दागपनि देख्न सकिन्छ ।
प्रसुती गराउने औषधी तरकारीमा गर्भवती महिलालाई प्रसुति सहजपार्न, रक्ताश्राब कम गर्न,दुधको मात्रा बढाउन का लागिलगाइने ‘अक्सिटक्सिन’ नामकहर्मोनको सुइ आजकाल फलफूल, भन्टा, फर्सी, काँक्रा, लौका, मुला, खर्रबुजा, मेवा, कटहर , चिचिण्डो जस्ता तरकारी, फलफूललाई ठूलो पार्न , ताजा देखाउन र चाँडो पकाउनका लागि तथा माछा, कुखुरा तथा खसीहरुमा यिनीहरुको आकार वृद्धि गर्नका लागि, प्रयोग गर्ने गरेको पाइएको छ ।उक्तप्रतिबन्धित ‘अक्सिटक्सिन’ युक्तखाद्द्य वस्तुहरुको सेवनले शरीरमाहर्मोनको स्तरमा गडबडी आउने तथा स्नायु प्रणालीमा असर गर्ने सम्मका जटिल रोगहरु लाग्ने सम्भावना बढ्दछ । यसकाअतिरिक्तअन्नबालीहरु जस्तो चामल, गहुँ, मकै , दलहनबालीतथा तेल निकाल्न प्रयोग गरिने बालीहरुमा डिडिटि नामक क्यान्सर लगाउन सक्ने प्रतिवन्धित विषादी पाइएको छ ।
कसरीपार्दछ असर ? ढुसी नियन्त्रणमा प्रयोग गरिने ‘कार्बेंनडाजिम’ नामकविषादीको प्रयोग गरिएको फलफूलतथा तरकारीको सेवनले शरीरमा हर्मोनको गडबडी ल्याउँदछ । यसैगरी ‘मालाथियोन’, ‘बिफेनथ्रिन’ जस्ता किटनाशकहरुले मानिसलाई क्यान्सर सम्म लगाउन सक्ने अध्ययनबाट पुष्टी भएको छ । अमेरिकाको कृषि विभागद्वारा चालीस भन्दा बढी प्रकारका फलफूलतथा तरकारीमागरिएको एक अध्ययनअनुसार विगतपचास वर्ष यता विषादी प्रयोगका कारण फलफूलतथा तरकारीमा पाइने शरीरलाइआवश्यक पोषक तत्वहरु जस्तो प्रोटिन, फलाम (आइरन), क्याल्सियम, फस्फोरस, भिटामिन बीटु, भिटामिन सी को मात्रामा सत्ताइस देखि तीस प्रतिशत सम्म उल्लेखनीय रुपमा गिरावट आएको पाइएको छ ।एफ. डी. एफ. नामक अमेरिकी संस्थाले महिलाहरु माथि हालै गरिएको अनुसन्धानअनुसार गर्भावस्थामा ‘अर्गानोफस्फेट’ नामक विषादीयुक्त फलफूल तथा तरकारीहरुको सेवनले समय अगावै वच्चाजन्मने र उक्तशिशुमा स्नायू सम्बन्धि समस्याहरु देखा पर्ने सम्भावना ज्यादा हुने गर्दछ । त्यस्ता महिलाहरुको पिसाबमा ‘ग्लाइफोसेट’ नामक क्यान्सर लगाउन सक्ने हानिकारक विषादीको मात्रा अन्य महिलाहरुको तुलनामा ज्यादा पाइएको छ ।
बच्ने कसरी ? १. सकेसम्मप्राांरिक (अर्गा्निक) फलफूलतथा तरकारीमात्र सेवन गरौँ यस्ता अर्गा्निकखानेकुराहरुमा बिस देखि सत्तरी प्रतिशत सम्म बढी ‘एन्टीअक्सिडेन्ट’ समूहमा पर्ने तत्वहरु पाइन्छन् ।जसले क्यान्सर, मुटु, र स्नायु सम्बन्धि रोगहरु लाग्न बाट बचाउनुका साथै चाडै बुढयौलीलाग्न बाट समेत रोक्ने गर्दछ ।
२. घरमाबनाएको अचार र दहीखाने गरौँ गुन्द्रुक, सिन्की, बाहिरी वस्तुको प्रयोग बिना घरमै बट्टामा हालेर अमिलो पारिएको गाजर, मुला, बन्दाकोपी, आँप, लप्सी, कागतीआदिको अचार, दही, मोही, दहीको लस्सी, अमिलो दुध बाट तयार गरिएको पेय (केफिर) जस्ता अमिलो पार्ने ‘फर्मेंटेशन’प्रक्रियाद्वारा तयार गरिएका खाद्द वस्तुहरुमा शरीरलाई फाइदा पुर्याउने किसिमका ब्याक्टेरिया, ढुसी (इस्ट) हुने गर्दछन् । जसलाई ‘प्रोबायोटिक’ भनिन्छ । यस्ता वस्तुको सेवनले तिनमा पाइने बिभिन् नप्रकारका असल ब्याक्टेरियाहरुले हामीले फलफूलतथा तरकारी मार्फत सेबन गरेको विषादीहरुलाई शोषण तथा विच्छेदन गरी शरीरमाहुने विषादीको असर न्यूनीकरणगर्नमा सघाउ पुर्याउदछन् ।
३. फलफूलतथा तरकारीलाइ राम्रो सँग सफापानीले दुइ देखि तिन पटक सम्मपखाल्ने । तर साबुन वा डीटरजेन्टको प्रयोग गरी पखाल्ने नगरौं । किनकि यस्ता सामग्रीमा रहेका हानिकारक रसायन हरु फलफूलतथा तरकारीको बोक्रा बाट सजिलै भित्रप्रवेश गर्न सक्दछन् ।
४. पानीमा थोरै नुन राखी शंकास्पद फलफूल तथा तरकारीलाई केहीबेर सम्म डुबाउने वा मन तातो पानीवापानीको बाफमा केहीबेर राख्नाले पनि केही विषादीहरु हटेर जाने गर्दछन् ।
५. फलफूल र तरकारीको बोक्रा छिलेर फाल्नाले पनिविषादीको मात्रामा केहीकमी हुन्छ ।
६. सधैँ एकै किसिमको फलफूलतथा तरकारी खाई रहनु भन्दा अलग-अलग किसिमको फलफूल तथा तरकारीको सेवनले कुनै एक प्रकारको विषादीको मात्रा वृद्धि भइहुन सक्ने असर कमगर्न सकिन्छ ।
७. माछा, कुखुरा, खसीआदिको छाला तथा बोसोमा विषादीको मात्रा अन्य भागको तुलनामा ज्यादाहुने भएकाले सकेसम्म छाला र बोसो हटाएर मात्रत्यस्ता मासुजन्य बस्तुको सेवन गरौँ ।
८. सम्भव भए सम्मआफ्नै करेसाबारीमावा सामुदायिक करेसाबारीमा निर्माण गरी प्रांगारिक मलको प्रयोग गरी फलफूलतथा तरकारी उत्पादन गरी सेवन गरौँ ।
९. फलफूलतथा तरकारीलाइ पानीमा दशप्रतिशत सम्म सिरका (भिनेगर) राखी करीव बीस मिनेट सम्म डुबाएर राख्नाले पनि विषादीको असर कमगर्न सकिन्छ ।
१०. मौसम अनुसारका फलफूलहरु मात्र सेवन गरौँ बेमौसमी फलफूल तथा तरकारीहरुमा विषादीको मात्रा तुलनात्मक रुपमा ज्यादा हुने गर्दछ ।
११. अत्याधिक मात्रामा भइरहेको विषादीको प्रयोग लाई न्यूनीकरण गर्नका लागि सरकारी स्तरबाट देशका विभिन्नप्रमुख तरकारी तथा फलफूल बिक्रि स्थलहरुमा विषादी परीक्षण प्रयोगशालाको स्थापना गरी नियमित रुपमा खाद्यान्नमा विषादीको मात्रा परीक्षणको व्यवस्थागरिनुपर्दछ ।