बच्चाहरुले ओछ्यानमा पिसाब फेर्ने गर्छन् । कतिपयले पिसाब नियन्त्रण गर्न सक्दैनन् । निश्चित अवधीपछि बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्नुपर्ने हो, जब उनीहरु पिसाब आएको कुरा व्यक्त गर्न सक्छन् । बच्चा ठूलो हुँदै गएपछि उनीहरुको यो बानीमा पनि परिवर्तन आउँछ । ओछ्यानमा पिसाब फेर्न छाड्छन् । तर, सबैमा यस्तो हुँदैन । कतिपय बच्चाले पिसाब नियन्त्रण गर्न सक्दैनन् । यसलाई चिकित्साको भाषामा ‘ब्लाडर कन्ट्रोल प्रब्लम’ भनिन्छ । यो जुनसुकै बेला पनि हुनसक्छ । २ वा ४ बर्षको उमेरदेखि पिसाब नियन्त्रण सामान्यतया बच्चाहरुले २ देखि ४ वर्षको उमेरमा नै पिसाबको थैलीलाई नियन्त्रण गर्न सिक्छन् । कुनै कुनै बालबालिकामा ६ वर्षको हुदाँ सम्म पनि यो समस्या जारी रहन सक्छ । यस अवस्थामा भने उपचार खोज्नुपर्ने हुन्छ । हुन त यस्तो समस्या बढ्दो उमेरसँगै हटेर जान्छ । तर कुन कुनै व्यक्तिलाई विभिन्न कारणले यो समस्या उमेर बढ्दा समेत रहिरहनसक्छ । कसैलाई लामो समयसम्म पनि ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ भने चिकित्सककहाँ पुर्याउनै पर्छ । किन हुन्छ यस्तो ? यस्तो समस्या विभिन्न कारणले हुनसक्छ । हामी सोच्छौ, बच्चाले पिसाब फेर्न अल्छी लागेर ओछ्यानमा फेरिदियो । तर, हाम्रो भ्रम हो त्यो । वास्तवमा बच्चाले पिसाब नियन्त्रण गर्न नसक्नु उसको अल्छीपना होइन, शारीरिक समस्या हो । चिकित्सकिय भाषामा पिसाब थैली नियन्त्रणको समस्यालाई पिसाबको अस्थिरता वा इनुरेसिस पनि भन्ने गरिन्छ । बालबालिकामा हुने समस्या दुई किसिमको हुन्छ । दिउँसो पिसाब नियन्त्रण गर्न हुने समस्यालाई डे टाईम वेटिङ अर्थात डिउरनर इनुरेसिस भनिन्छ भने ओछ्यानमा पिसाब हुने समस्यालाई नक्टर्नर इनुरेसिस भन्ने गरिन्छ । कुनै कुनै बच्चामा यो समस्या दिउसो र राती दुवै समयमा हुनसक्छ । डे टाईम वेटिङ बच्चाहरुमा हुने समस्या उनीहरुको शारीरीक विकासको एउटा भाग नै मानिन्छ । बच्चाहरुको उमेर बढेसँगै उनीहरुले यसलाई कन्ट्रोल गर्न सिक्छन् । तर केही बालबालिकामा देखिने यस्तो समस्या विभिन्न कारणले हुनसक्छ । धेरै बेर पिसाब रोक्ने बच्चाहरुले धेरै बेर पिसाब रोक्ने गर्नाले पिसाबको थैलीमा पिसाब भरिन्छ र चुहिन्छ । सक्रिय थैली अति सक्रिय अवस्थामा रहेको पिसाबको थैलीले विना कुनै संकेत थैली निर्चोन थाल्छ, जसल गर्दा अचानक पिसाब फुस्केको वा लुगा भिजेको महसुश हुन्छ । निस्कृय थैली केही बालबालिकाहरु दिनमा २र३ पटक मात्र बाथरुम जाने वा पिसाब फेर्ने गर्छन् किनकि उनीहरुको पिसाबको थैली यति निस्कृय वा कमजोर हुन्छ कि त्यसले धेरै पिसाब फाल्न सक्दैन । डिअर्डर युरिनेशन सामान्यतः कुनै पनि मानिसले आफूलाई पिसाब आएको त्यतिबेला महसुश गर्छन् जब उसको मस्तिष्कले जनाउ घण्टी दिन्छ । तर केहीमा पिसाबको थैलीको मांसपेशी तथा नशाले सही तरीकाले काम गर्न सक्दैन । जसका कारण पिसाब गहिाले पनि थैलीमा बाकी बसेको पिसाबबारे मस्तिष्कले बताउन सक्दैन र पिसाब फुस्कने गर्दछ । वेडवेटिङ ओछ्यानमा पिसाब फेर्ने बालबालिकालाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा जो जहिल्यै भिज्छ र अर्को बालबालिका जो छ महिना ओछ्यानमा पिसाब फेर्न छोडेर फेरी सुरु गर्छन् । वेडवेटिङ समस्या र उमेर प्रत्येक ६ जनामा एकलाई हुन्छ ९५ वर्षसम्म० प्रत्येक ८ जनामा एकलाई हुन्छ ९६ वर्षसम्म० प्रत्येक १० जना मध्य एकलाई हुन्छ ९७ वर्षसम्म० प्रत्येक १०० जनामध्य एक वा दुईजनालाई हुन्छ ९१५ वर्षसम्म० कसरी थाहा पाउने ? व्लाडर कन्ट्रोल समस्याको विभिन्न लक्षण हुने गर्छ । ओछ्यानमा पिसाब चुहिनु, छिटो पिसाब लाग्नु, वा ओछ्यानमै पिसाब फेर्नु यसका लक्षण हुन् । सुक्ष्म गतिको शरीरिक विकास यसको प्रमुख कारण हो । व्लाडर कन्ट्रोल समस्या भएका मध्य दिउसो पिसाब चुहिने समस्या बालिकाहरुमा धेरै हुन्छ भने ओछ्यानमा पिसाब फेर्ने समस्या बालकहरुमा बढी हुन्छ । के कारणले हुनसक्छ ? १) पिसाब थैलीको संक्रमण वा मृगौलाको संक्रमण २) कब्जियत ३) नशा सम्बन्धी समस्या ४) मधुमेह ५) सुतेको समयमा सास रोकिने समस्या ६) एडीएच्डी (एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) के छ त उपचार ? व्लाडर कन्ट्रोल समस्याको उपचार पिसाबमै भर पर्छ । व्यक्तिको पिसाब कसरी फुस्केको छ, कसरी चुहिन्छ ,त्यसमा भर पर्ने गर्छ । यदी कुनै व्यक्तिलाई यस किसिमको समस्या भएमा समय समयमा बाथरुम गएर , केही समयको बीचमा पिसाब फेरेर वा रातीको समयमा समेत पिसाब फेरेर यो समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, औषधीको सेवनद्धारा पनि यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । कुनै कुनै अवस्थामा विरामीको अवस्था , उसको समस्यालाई बुझेर पनि यो समस्या हटाउन सकिन्छ । रोकथाम अक्सर व्लाडर कन्ट्रोल समस्या वा वेड वेटिङ्गलाई रोक्न सकिन्न । यद्यपी, बालबालिकामा समय समयमा बाथरुम जाने बानी बसालेर तथा पिसाबको थैली खाली गर्न लगाएर पनि या समस्याको रोकथाम गर्न सकिन्छ । डायगोनोसिस बच्चाको उमेर, रोगको लक्षण, समस्याको प्रकृति हेरेर पनि यो पिसाब थैलीको समस्या हो कि होइन वा ब्लाडर कन्ट्रोल समस्या हो कि हैन भनेर पत्ता लगाउन सकिन्छ ।