धरानमा शनिबार अर्गानिक तरकारीकाे बजार
धरान/धरानमा साप्ताहिक रुपमा शनिबार अर्गानिक तरकारीकाे बजार लाग्ने भएको छ ।
अर्गानिक शनिबारे हटिया व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हटियामा स्थानीय उत्पादन, अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूलहरु उपलब्ध गराइने अध्यक्ष काजी गिरीले बताए ।
उनका अनुसार हस्तकलाका सामग्रीहरु, परम्परागत खानपान, सुकुटीको अचार, फलफूलको अचार, दुधको परिकार, मह, सुद्ध तोरीको तेल, स्थानीय दलहन, स्थानयि माछा, मासुहरु उपलब्ध हुने छ ।
विषादी प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक खेतीतर्फ आर्कषित गर्ने उद्देश्यले धरान–५ स्थित अमान बजारमा शनिबारे हाट लगाउन लागिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































