धनकुटा । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा वुधवार चार वटा गाडी तोडफोड गरिएको छ । पछिल्लो समयमा धनकुटामा राजधानी कामय गराउन सरकारलाई दवाव दिन संचालन हुँदै आएको आन्दोलन दिनप्रतिदिन आक्रमक वन्दै गएको छ । बन्दकर्ताले दुई वटा सरकारी, एउटा भाडा र एउटा संस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै धनकुटा नगरपालिका वडा नं.६ आत्मारामा को.१ झ. १६९ नम्बर र को. १ झ.४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको छ । त्यसैगरीधनपा–६ गोठगाउँमा ना.१ ज. ६४११ नम्बरको टाटासुमो र आत्मारामा ना.७ ख.४७६० नम्बरको दुग्ध बोकेको गाडी तोडफोड गरिएको हो । दुध बोकेको डीडीसीको गाडीले यात्रु ओसारेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् । बन्दकर्ताले स्कार्पियो र एउटा सरकारी गाडीको अधिकांस सिसा फुटाएका छन् । दुध बोकेको गाडी र अर्को सरकारी गाडीमा भने सामान्य क्षति पुगेको छ । सरकारले प्रादेशिक राजधानीको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि आक्रोशित बनेका धनकुटाबासीले वुधवारबाट अनिश्चितकालिन जिल्ला बन्द आव्हन गरेका हुँन । अनिश्चितकालिन वन्दको पहिलो दिन यस्तो घट्ना घटेको हो । सरकारले धनकुटालाई प्रादेशिक राजधानी तोक्न आनाकानी गरेको भन्दै बन्दकर्ता आक्रामक बन्न थालेका छन । उनीहरुले सरकार बिरुद्ध नाराबाजीसहित धनकुटाका बिभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन । जिरोपोइन्ट, ढाट, सल्लेरी लगायतका स्थानमा वन्दकर्ताहरुले राती अवेरसम्म टायर वालेर सडक अवरुद्ध गरिहेका छन् । उनीहरुले सडकको विचमै त्रिपाल टाँगेर रातभर पनि गाडी नछोड्ने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले ब्लाष्टलाई जानकारी दिएका छन् । बन्दकर्ताले धनकुटामा वुधवार दिनभर कुनैपनि सवारी साधन सञ्चालन हुँन दिएन्न । बजारपसल, उद्योगधन्दा लगायत पनि ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने षड्यन्त्र गरेको भन्दै धनकुटामा वुधवार देखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् । आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन हुँन सकेका छैनन्न् । बन्द गराउँनका लागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन । सरकार बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध गरिरहेका छन् । यातायात ठप्प बनाएका जिल्लाबासीले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । जिरोपईन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा गाडी तेस्र्याएर सडक अवरुद्ध गरिएको छ । बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत दिनभर ठप्प भएका छन् । धनकुटा हुँदै धरानको लागी हिडेको दर्जनौं सवारी साधन धनकुटाको सल्लेरीमा अलपत्र पर्दा सयौ यात्रु विच वाटोमा अलपत्र परेका छन् । त्यसैगरी धरानवाट धनकुटा हुँदै पहाड जाने सवै सर्वाजानिक सवारी साधनहरु मुलघाटमा प्रहरीले रोको धनकुटा उत्तरपानीका वसमा सवार यात्रु पाराङ तामाङले वताएका छन् । उनले मुलघाटमा १ सय ५० भन्दा वढी गाडी थन्किएको र सयौं यात्रु अलपत्र परेको तामाङले वताएका छन । सरकारी कदम बिरुद्ध आक्रोशित बनेर आन्दोलन चर्काउँने चेतावनी दिएका धनकुटाबासीले माग पुरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ । उनीहरुले ५ वजे पछि सम्पुर्ण सवारी साधन छाड्ने तयारी भैरहँदा प्रहरीले उपचार गराउन गएका आन्दोलन एक जना वन्द कर्ता प्रहरीले पक्राउ गरेपछि धनकुटामा स्थिति तनावपुर्ण खुट्टामा चोट लागेपछि उपचार गराउन जिल्ला अस्पताल धनकुटामा पुगेका एक वन्दकर्तालाई उपचार गर्न नदिई पक्राउ गरेर प्रहरीले लगेपछि धनकुटाका अन्दोलनकारी थप आक्रमक वनेका छन् । आन्दोनलकारी सुमन कट्वाललाई प्रहरीले उपचारको क्रममा अस्पतालवाट उक्राउ गरेपछि स्थिति तनावपुर्ण वनेको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीले चारवटा गाडी तोडफोड गरेको जिम्मेवारी आन्दोलनकारीहरुले नलिएसम्म पक्राउ गरिएका वन्दकर्ता सुमन कटवाललाई नछोड्ने वताएका छन् । उनले सार्वजानिक सम्पतिको तोडफोड गर्ने जो कोहीलाई नछोड्ने वताएका छन् । यता वन्दकर्ताहरुले आफ्ना पक्राउ परेका साथीलाई विना शर्त रिहाई नगरेसम्म आन्दोलनजारी राख्ने चेतावनी दिएका छन् । यो समचार तयार पारुन्जेलसम्मा साँझ ७ वजे पछि स्थानिय प्रशासन र आन्दोनलकारी विच वार्ता भैरहेको छ । वर्ता मिलेपछि मात्र सम्पुर्ण सवारी साधन छुट्ने प्रहरीले जनाएको छ ।