भोजपुर/ भोजपुरको पौवादुम्मा-२ स्थित हाबुमा बुधबार खुकुरी प्रहारबाट आमा छोरा घाइते भएका छन्।

घाइते हुनेमा पौवादुम्मा-२ हाबु बस्ने ३० बर्षिया रामकला राई र उनकै ८ महिनाको छोरा अर्पण राई रहेका छन्।

उनीहरुलाई छिमेकी मानसिक सन्तुलन ठोक नभएका ४० बर्षिय शान्ता कुमार राईले दिउँसो १२ बजेतिर खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट घाइते घाइते उनीहरुलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङले जनाएको छ।