झापा/ झापाको विर्तामोड नगरपालिका-५ मुक्ति चोकमा बुधबार बसको ठक्करबाट पैदलयात्री एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा हल्दीबारी गाउँपालिका-४ बस्ने ३१ बर्षिय लक्ष्मीमाया कन्दङ्वा रहेकी छिन्। उनलाई विहान ११ बजेतिर बाटो क्रश गर्ने क्रममा राजमार्गमा पूर्व आउदै गरेको मे १ ख १७२२ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्कर बाट गम्भिर घाइते उनको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो। बसका चालक इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छन्।

यस्तै झापाको दमक नगरपालिका-५ स्थित पूर्ब पश्चिमा राजमार्गमा पश्चिमतर्फ जादै गरेको मे १ ख १३२७ नम्बरको सेप्टी ट्याङ्की गाडीले साईकलयात्री र को २ त ४९५२ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा साईकलयात्री कमल गाउँपालिका-७ बस्ने २४ बर्षिय देबिलाल ताजपुरिया, पछाडी सवार उनकै ३ बर्षिय छोरा प्रज्वल ताजपुरिया र श्रीमती २१ बर्षिय राममती ताजपुरिया घाइते भएका छन्।

दुर्घटनामा सेप्टी ट्याङ्की चालक दमक नगरपालिका-१ भाङ्बारी बस्ने २८ बर्षिय प्रकाश लिम्बु र ट्याक्टरका सह-चालक ईलाम चुलाचुली गाउँपालिका-१ बस्ने २१ बर्षिय धन बहादुर विश्वकर्मासमेत घाइते भएकाले घाइतेको दमक स्थित नमस्ते पब्लिक अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दमकले जानएको छ।