झापा। झापाको भद्रपुरमा बुधबार आगोले पोलेर एक महिला घाइते भएकी छन। भद्रपुर नगरपालिका ५ बस्ने ५५ वर्षीया रेणु मल्लीकलाई अपरान्ह ३ बजेतिर आफ्नै घरमा खोले पकाउँदा अचानक साडीमा आगो सल्किंदा पोलेर घाइते भएकी हुन।

घाईते महिलालाई तत्काल उपचारका लागि मेची अंचल अस्पताल लगिएको र सामान्य उपचार पश्चात बुधबार साँझ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।