क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध हुने गरेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार क्षणिक आवेगकलाई काबुमा लिन नसक्दा पछिल्लो ४२ महिनामा देशभर २१६४ जनाको हत्या भएको छ ।
समाचार अनुसार सबैभन्दा धेरै हत्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा भएको छ । यहाँ यस्तै घटनाका कारण ७ सय ८८ जनाको ज्यान गएको छ ।
उदेकलाग्दो कुरा त के छ भने राजधानी काठमाडौंमै ३ सय १५ जनाको हत्या भएको छ । पश्चिमाञ्चलमा ३ सय आठ, मध्यपश्चिमाञ्चलमा २ सय ८१, पूर्वाञ्चलमा २ सय ५२ र सुदूरपश्चिमाञ्चलमा एक सय ९१ जनाको हत्या भएको छ ।