धनगढी/ कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार बिहान जिल्ला अदालत कैलालीमा आफैं उपस्थित भएका हुन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कैलाली प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार चौधरी आज बिहान ११ बजे अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशअनुसार प्रहरीले प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

०७२ भदाै ७ गते भएकाे घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित ८ सुरक्षााकर्मी तथा एक नाबालककाे ज्यान गएको थियाो ।