स्वास्थ्य संस्थाहरुको लापरबाहीको एकपछि अर्को घटना बाहिरिरहेका बेला गर्भवतीलाई जुकाको औषधि दिइएको अर्को घटना बाहिरिएको छ । म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फर्कुे सल्लाकी २० वर्षीया समीक्षा कुँबरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ ।
अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याबलेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।