काठमाडाै । एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् ।

संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफल सुरु भएको छ । एकीकृत पार्टीको नेतृत्वमा दुवै शीर्ष नेता सहअध्यक्ष रहने सहमति ओली र प्रचण्डबीच भइसकेको छ । उनीहरुले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् । शीर्ष नेताहरुको सुझावको आधारमा पदाधिकारी नराख्ने गरी संगठनसम्बन्धी कार्यदलले एकीकृत पार्टीको सांगठनिक ढाँचाको गृहकार्य गरिरहेको छ ।

तर यसलाई मस्यौदाकै रुपमा ठोस रुप नदिइएको नेताहरु बताउँछन् । वरिष्ठ नेताको पद राख्ने–नराख्ने, मर्यादाक्रम कसरी तय गर्ने भन्नेबारे अनौपचारिक छलफल निष्कर्षमा पुगिनसकेको बतार्इएकाेछ ।

यसैगरी केन्द्रीय कमिटीबारे पनि छलफल सुरु भएको छ । सुरुमा एकीकृत पार्टीको केन्द्रीय कमिटी दुई अंकको राख्ने तयारी थियो । तर माओवादीको स्थायी समिति नै ८३ सदस्यीय भएकाले मित्राउन गाह्रो भएको छ । अब एमालेका सबै केन्द्रीय सदस्यको घटुवा नहुने गरी माओवादीबाट बढीमा ४० प्रतिशत थपेर ३ सय ५० सदस्यसम्मको कमिटी बनाउने तयारी भएको छ ।