कठमाडौ/ कैलाली १ बाट विजयी रेशम चौधरी लाई शपथ गराउन पाँंचदलको बैठकमा प्रस्ताव गएको छ। राजपाका सांसद बृषेचन्द्र लालले यस्तो प्रस्ताव गरेको स्रोतले बताए।
तर अन्यदलका प्रतिनिधिहरुले उनी फोज्दारी अभियोग खेपी रहेकोले यस्तो गर्न नसकिने जवाफ दिएका थिए। माओवादी नेता देव गुरुङले त्यस्तो प्रस्ताव आए पनि त्यसमा सहमति नभएको जानकारी दिए।
टीकापुर हत्या काण्डका मुख्य योजनाकार मानिने चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।
साभारः सरलपत्रिका