उदयपुर । उदयपुरको बेलका नगरपालिका-१ बगाहा टोल बस्ने कृष्ण बास्तोलाको छोरी अन्दाजी १७ महिनाकी झरना बास्तोलाको आइतबार डुबेर ज्यान गएको छ।
दिउँसो १२ बजेतिर आफ्नै घरको आँगनमा खेल्ने क्रममा कल नजिकै रहेको पानी जम्ने खाल्डोमा अचानक परेकी बालिकाको उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबरे थप अनुसन्धान भइरेहको छ।