भद्रपुर/ झापाको भद्रपुर नगरक्षेत्रभित्र छरिएर रहेका नेपाल वन्दुलाइ एकिकृत गर्ने उद्देश्य राखी भगिरथ नेपालको अध्यक्षतामा नगर स्तरिय सात सदस्य समिति गठन गरिएको छ । नेपाल कुलबंश प्रतिष्ठान भद्रपुरले शनिबार चन्द्रगढीमा आयोजना गरेको भद्रपुर नगर स्तरीय नेपाल वन्दु भेलामा समिति चयन गरेको हो ।

गठितसमितिको उपाध्यक्षमा भक्ति देवि शर्मा नेपाल,सचिवमा शालिकग्राम र कोषाध्यक्षमा निर्माण रहेका छन् । त्यसैगरि गंगा,खेम प्रसाद र वासु सदस्यमा चयन गरिएको छ । कार्यसमितिको आवश्यक्ता अनुसार क्षेत्रगत रुपमा समेटि एक सह सचिवसहित चार जना सदस्य मनोनित गरिने भेलाले निर्णय गरेको छ ।

नवगठित समितिले नेपाल वन्दुहरुको पहिचान गर्ने, तथ्याङ् संकलन ,वंशावली तथा घर संख्या पत्ता लगाउने,वंशभित्रको परिवारमा आपतविपत्तको समयमा भेला हुने,वंशहितको कार्य गर्न संगठित हुने , जिल्ला तथा केन्दिय वंश परिषदको कार्यमा सहयोग पुर्याउने,आजिवन सदस्य निर्माण लगायतका आवश्यक काम गर्ने निर्णय गरेको छ ।

कुल वंश प्रतिष्ठान भद्रपुरका अध्यक्ष डिल्लीरमण तथा नेपाल वंशज परिषद झापाका अध्यक्ष हरि प्रसादको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा,परिषद प्रतिनिधि गिता नेपाल,उपाध्यक्ष गिरीराज लगायतले आ–आफनो धारणा राखेका थिए ।

निर्माण नेपालले स्वागत मन्तव्य राखेको कार्यक्रममा औचित्यमाथि रेवतीरमण नेपालले प्रष्ट पारेका थिए भने शालिकग्राम नेपालले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा भद्रपुर क्षेत्रभित्रका सवाँसय नेपाल वन्दुको उपस्थिती रहेको थियो ।