काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विमान दुर्घटनापछि उद्धार कार्य जारी छ । विमानस्थलको टर्मिनल कार्यालयमा फोन गर्दा कर्मचारी आफूहरू व्यस्त रहेकाले डिस्टर्ब नगर्न आग्रह गर्दै थिए ।
[caption id="attachment_41626" align="aligncenter" width="634"] Stranded passengers wait for an update on their flights at Tribhuwan International Airport in Kathmandu, Nepal, Wednesday, March 4, 2015. A Turkish Airlines jet landing in dense fog in the Nepalese capital Wednesday skidded off a slippery runway but there were no serious injuries, officials said. The only international airport in Nepal remained closed Wednesday morning after the accident. (AP Photo/Niranjan Shreshta)[/caption]दुर्घटनाको विवरण माग्न कार्यालयमा फोन सम्पर्कमा आएका कर्मचारीले भने, ‘अहिले आगलागी भएको छ, विस्तृत विवरण आउन सकेको छैन, हामीले एम्बुलेन्स बोलाउनु परेको छ । यहाँ फोन गरेर डिस्टर्ब नगर्नुस् ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका एयर बंगलाको विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो । ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेटमा दुर्घटनामा परेको थियो । विमानस्थनलमा धुवाँको मुस्लो देखिएको छ ।