काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि अधिक चुनौती रहेको बताए । उनले अब कुरा मात्र नभएर कामै गरेर देखाउने समय आएको भन्दै समृद्धि र विकासको लक्ष्य पूरा गर्न सरकार लागिपरेको बताए ।
[caption id="attachment_64390" align="aligncenter" width="1000"] तस्वीर : केपी ओली[/caption]भगवान महाबीर स्वामीको २६१७ औं जन्मजयन्तीको अवसरमा काठमाडौं स्थित कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताए। उनले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष पूरा गर्न सरकार लागिपरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गगन थापाले धर्म र जातको विषय उचालेर उत्तेजित बनाउने माहोल सृजना भइरहेकाले सचेत रहन आग्रह गरे ।
न्युज २४