काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई तत्काल हटाउन दिएको निर्देशन अवज्ञा भएको छ । मन्त्रीले निर्देशन दिएको एक साता बित्नै लाग्दासमेत वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयमा दरबन्दीमै नरहेका १६ जना कर्मचारीले हाजिरी लगाउँदै आएको खबर बाहिरिएकाे छ ।

कार्यालयका निमित्त कार्यालय प्रमुख इन्द्रदेव पाण्डेले दरबन्दीभन्दा बाहिर रहेका कर्मचारीको व्यवस्थापन गर्ने प्रयास भइरहेको बताएका छन् । उनले अतिरिक्त १६ कर्मचारीले अझै पनि कार्यालयमा हाजिर गरिरहेको पुष्टि गरे ।