शार्दूलविऋीडित छन्दमा (मसजसतत गुरू)
(१)
यस्तो राजनिती बनोस् सबजना सम्मानले हेर्दिउन्
जस्ले गर्दछ बैमनष्य यसमा तत्काल यो छोड्दिउन्
नेतामा जनमा समान अधिकार् सम्मान उस्तै रहोस्
निर्दाको पनि राज्य हो मुलुक हो भन्ने समर्पण् रहोस्
(२)
नेताका बसमा गरीब जहिल्यै चम्चागिरी बन्दहोस्
झुप्रामा यिनको गरीब पन त्यो छेक्ने गरी अन्नहोस्
क्वै खाने दिनकै अटस् पटस भै भोकै कुनै बाच्दछन्
बर्षौ सम्म कुनै अनाज घरमा कुह्याएरै फाल्दछ्न्
(३)
यस्तो राजनिती गरिन्छ किन खै मर्ने गरीबै जहाँ
नेता छन् धनधान्य यी ऋतु सबै चौमास हान्ने यहाँ
खै के पाए यहाँ बिकास जनले बाटो छ वा बत्ति छ?
नेताका पिछलङ्गुका घर घरै भाला छ वा कट्टि छ
(४)
मागेरै चलिराछ रे सदनमा साम्सद् को कुर्सी किन
नाप्दैनन् यिनले सवाल र बिकास् छोड्देउ फुर्ती दिन
डाक्टर् छैन कतै न औषधि त्यहाँ साहायकै डाक्टर
छैनन् साधन त्यो पहाड बिचमा बाहान नै ढाक्कर
(५)
माग्दैथे जब भोट नोट सहितै भोट् साटियो भातमा
खायौं मासु र भात क्या जगबले राज्यै गयो जातमा
समृद्धि: यसरी हुदैन जनता जागौं उठौं है सब
छोडौं जात र भातका विषय लौ हुँङ्कार बोलौं अब
(६)
जातै हुन्छ भने गरीब र धनी यै जात छान्ने गरौं
नारी औं पुरुषै भए अब पुग्यो चार् जात मान्ने गरौं
बिथ्थामा किन भिड्नु यो बगरमा हामी मिलौं है अब
पुर्खाको परिश्रम् बुझौं अझ बुझौं नेपाल हाम्रो घर
(७)
बाटो छैन कतै कतै न छ पुलै खाद्यान्न नै बन्दथ्यो
गाह्रो बाँच्न हुँदा गरीब जनता नेता बिदेश् घुम्दथ्यो
गाई दोए कतै पसे गरातिरै धान् काट्नमा ब्यस्त थे
पाक्यो भोट् सकियो तमाम जनता ती हेर्नमै मख्ख थे
-लिलानाथ घिमिरे, कतारबाट