कालिकोट/ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।
रारा कर्णाली पर्यटन वर्ष २०७५ का लागि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री भण्डारीले भने, ‘कर्णालीको माटोमा हिरा छ। तर, कालिगको चाहियो। तिला र कर्णाली नदी सेतो सुन हो। राराजस्ता ताल हाम्रा हिरा हुन् ।’ प्रदेश कानुन मन्त्री भण्डारीले कर्णाली प्रदेश लाई पर्यटन हवका रुपमा परिचित गर्न पर्यटन मैत्री नीति र पर्यटनमैत्री संरचना निर्माण गर्न जरुरी भएको बताए । कर्णालीलाई रोग, भोग र गरिबिको परिचय नदिइ अव समृद्धिको सम्भावनालाई उजागार गर्न आवश्यक रहेको बताए।
मन्त्री भण्डारीले भने, ‘प्राकृतिक सम्पदाले भरिएको कर्णालीमा पर्यटन विकासको ठूलो सम्भावना रहेको छ । कर्णालीलाई संसारसामु चिनाउन कर्णालीवासीले एकजुट हुन जरुरी छ ।’ पर्यटनलाई थप प्रभाकारी बनाउन समृद्धिमैत्री कानुनको आवश्यक भएको मन्त्री भण्डारीले बताए । उनले भने, ‘नयाँ वर्ष २०७५ को शुभ अवसरमा कर्णाली प्रदेशमा रहेको मुगु रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको नाममा सम्वोधन गर्ने कार्यले कर्णालीको इतिहासलाई नै उद्घाटन गरे जस्तै हुनेछ ।’ कानुनमन्त्री नरेश भण्डारीलगायतका तीनजना मन्त्री शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख भएर कालिकोट पुगेका हुन्।
नागरिक दैनिक