इटहरी/ सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव बस्तीमा आइतबार अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट ३५ लाखको नोक्सानी भएको छ ।
भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसरबाट सुरु भएको आगलागीमा बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।
अपराह्न साढे १२ बजेतिर भएको आगलागीमा परेर सो बस्तीका सम्पूर्ण घर ध्वस्त हुँदा अन्नपात, सुनचाँदीका गरगहना तथा अन्य महत्वपूर्ण सामग्रीसँगै भाँडावर्तन, लत्ताकपडालगायत सबै जलेर नष्ट भएका छन्।
आगो विहार र सुनसरीको इनरुवा र इटहरीलगायत क्षेत्रबाट पुगेको वारुणयन्त्र, स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको सक्रियतामा नियन्त्रण गर्ने प्रयास भएको बताइएको छ।
रासस