काठमाडाै । सुन्दा अचम्म लाग्न सक्छ, गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो, राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमा सकिनेछ । संविधानको धारणा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ । यो धारणाको उपधारा (३) मा पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुनेगरी पदावधि कायम गर्ने उल्लेख छ । तर प्रतिनिधिसभाको कार्यकाल भने ५ वर्षको मात्र हुनेछ ।