भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले ४ लाख १० हजार मूल्य बरावरको सामग्रीसहित एक जना कारोबारीलाइ पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालबाट भारत तर्फ लैजादै गरेको सामग्रीलाइ प्रहरीले सोमबार विहान मानिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपालबाट भारत तर्फ एउटा समूहले बोकेर लैजादै गरेको अवस्थामा ३ लाख २० हजार मूल्य बरावरको ४ सय किलो मरिच, ७५ हजार मूल्य बरावरको तीन बोरा चुरोट र एक बोरा कस्मेटिक सामानको १५हजार गरी उक्त मूल्य बरावरको सामग्री बरामद गरिएको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । प्रहरीलाइ देख्ने वित्तिकै अन्य भागेपनि मेचीनगरपालिका– ६का ५० वर्षिय राम भन्ने कृष्ण कुमार राइलाइ पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको साडी,कुर्ता सुरुवाल बच्चाका कपडा लगायत १२ हजार मूल्य बरावरको समान प्रहरीले बरामद गरेको छ । त्यस्तै सोमबार विहान मेचीनगरपालिका– ७ नकलबन्दाबाट भारत तर्फ लैजादै गरेको १ लाख ३० हजार मूल्य बरावरको १७ ओटा गोरु नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको बस्नेतले जनाएका छन् । यता वडा प्रहरी कार्यालय भद्रपुरले समेत एउटा गाडीसहित ८ ओटा गाइगोरु बरामद गरेको छ । भद्रपुर– ३ आमगाछीबाट सोमबार साँझ बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ६ गाइ र २ गोरुसहित मानिस समेत नियन्त्रणमा लिएको बुझिएको छ । अनुसन्धान भइरहेकोले थप विवरण प्रहरीले दिएको छैन ।