भद्रपुर । एकपक्षीय रुपमा अध्यक्षले गाउँ सभा गरेको भन्दै दक्षिणी झापाको कचनकवल गाउँपालिकामा उत्पन्न विबाद साम्य नभएपछि पुनः गाउँपालिकाले सभा बोलाएको छ । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले असन्तुष्ट पक्षसँग बार्ताको माध्यमबाट मागहरु सम्बोधन गर्ने गरी दुइपटक बसेको वार्तामा दुवैपक्षले आफ्नो अडान नछोडेपछि तीनदिन देखि स्थगित भएको परिषद मङ्गलबार विहान १० बजे बोलाइएको हो । गत शनिबार गाउँ सभामा परिषद सदस्यबीच हातपात भएपछि अध्यक्ष आलमले आइतबार ८ बजेसम्मलाइ सभा स्थगित भएको घोषणा गरेका थिए । आइतबार बजारमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेर र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेका थिए । ताला बन्दी गरेपछि समर्थकहरु गाउँपालिकामा नै बन्द सत्र गर्ने योजना बनाएका थिए । तर, विपक्षीले गाउाँलिकामा नै ताला लगाउने योजना बनाएपनि बाक्लो सुरक्षाकर्मीका कारण सफल भएनन । असन्तुष्ट पक्षले उग्ररुप लिएपछि वार्ताको माध्यामबाट उत्पन्न विबाद टुङ्ग्याउने अध्यक्ष आलमले जानकारी गराएपछि भीड साम्य भएको थियो ।
वार्ताका लागि असन्तुष्ट पक्षबाट भूमी राजवंशी र गाउँपालिकाबाट अध्यक्षको सम्योजकत्वमा दुवैतर्फ पाँच/पाँचजना वार्ताका लागि सहमति भएका थिए । वार्तामा विपक्षले शनिबार उद्घाटन गरिएको गाउँसभा पुन पत्रकाटेर गरिनु पर्ने, साविकमा रहेको गाउँपालिकालाई सार्न लागिएको स्थान उपयुक्त नभएकोले पुन सूचना जारी गरिनु पर्ने, अध्यक्षको मनोमानीलाइ तत्काल सच्याउनु पर्ने, मर्मत सम्भारमा गरिएको काम पारदर्शी तवरले सार्वजानिक हुनु पर्ने लगायतको पन्ध्र बुद्धा समेटिएको विषयवस्तु वार्तामा लगिएको सम्योजक राजवंशीले जनाएका थिए ।
दुइदिन बसेको लामो वार्ता तथा छलफलमा अध्यक्षले गाउँपालिका सार्ने बिषयमा आफ्नो अडान कायम राखेपछि वार्ता विना निष्र्कश टुङ्गिएको राजवंशीले जानकारी दिए । वार्ता विना निश्कर्ष टुङ्गिएपछि तत्काल बसेको बैठकले कानुनी रुपमा लडने तयारी भइरहेको सम्योजक राजवंशीले बताए । गाउँपालिकाले पुनः मङ्गलबार गर्ने सभामा विपक्षीका १४ जना परिषद सदस्य उपस्थित नहुने सम्योजक राजवंशीको भनाइ छ । गाउँपालिका सार्ने विषयमा आर्थिक वर्ष ०७४।७५ मा नै सभाले पारित गरिसकेको कुरालाइ उल्टयाउन नमिल्ने अध्यक्ष आलमको भनाइ छ । उहाँहरुको पहिलो माग नै केन्द्र परिवर्तन भन्ने विषयमा रहेकोले यो सभाले पारित गरीसकेकोले यो बाहेक अन्य विषयमा छलफल गरौ भन्दा नमानेपछि वार्ताबाट निश्कर्ष नआएको आलमको भनाइ छ । सभालाइ यतिलामो सम्म तन्काएर लैजानु ठिक नभएकोले मङ्गलबार १० बजे परिषद बोलाएको उनले जनाए ।
गाउँपालिकामा राप्रपाको बहुमतको स्थानीय सरकार छ । गाउँपालिका अध्यक्ष अन्जार आलमले शनिबार उद्घाटन भएको घोषणा गर्ने वित्तीकै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेर टेवुल फुटाउँदा परिषद सदस्य समेत रहेकी लक्ष्मी देवी लिम्बू घाइते भएकी थिइन् । विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थलमा जबरजस्ती गर्न पाइदैन, गाउँसभा बन्द गर, जनताको मागलाइ पूरा गर लगायतका नारा लगाएका थिए ।
बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठा जग्गामा गाउँपालिका लैजान लागेकोमा अन्यले बिरोध जनाउदै आएका छन् ।
https://www.youtube.com/watch?v=l5yqmDFMtZo