धनकुटा । नेपाल आदिवासीजनजाति महासंघ चौविसे गाउँ समन्वय परिषदको सोमबार सम्पन्न प्रथम अधिवेशनले किराँत याक्थुङ्गचुम्लुङ्गका दिवा चेम्जोङ्ग (मंगलसिंह लिम्वु) लाई सर्वसम्वत चयन गरेको छ ।
नेपाल मगर संघका दलबहादुर मगर र किराँत याक्थुङ्गचुम्लुङ्गका दिवा चेम्जोङ्ग विच अध्यक्ष पदकालागी चुनाव हुँदा १ मतको अन्तरले चेम्जोङ्गले विजय प्राप्त गरेका थिए । चौविसे गाउँपालिकामा ११ सदस्यीय एकल जातिय संस्थाहरु रहेकोमा याक्खा छुम्मामा प्रतिनिधि पठाउनेमा विवाद भएपछि १० एकल जातिय संस्थाका प्रतिनिधिहरुले मतदान गर्दा चेम्जोङ्गले मगरलाई पराजित गरेका थिए ।
नेपाल आदिवासीजनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा तमुह्युल्ला छोँधीका टिका देवीगुरुङ्ग, सचिवमा किराँत राई यायोखाका देवीबहादुर राई, सह–सचिवमा भुजेल सेवा समाजका कल्पना भुजेल र कोषाध्यक्षमा नेपाल तामाङ घेदुङका दिलबहादुर तामाङलाई चयन गरिएको छ ।
एघार सदस्यीय गाउँ समन्वय परिषदको सदस्यहरुमा नेपाल मगर संघका दलबहदुर मगर, नेवाःपुचः का दिपक कुमार श्रेष्ठ, किराँत याक्खा छुम्माका विनोद कुमार याम्फू, किराँत देवान समाजका लिला प्रसाद देवान र नेपाल माझी उत्थान संघका मंगलबहादुर माझीलाई सर्वसम्वत चयन गरिएको छ । अध्यक्ष पदकालागी नेपाल मगर नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई महासंघका जिल्ला अध्यक्ष संजय सन्तोषी राई, उपाध्यक्ष उत्तमकुमार याम्फु, सदस्य मनप्रसाद मगरले सहभागी एकलजातिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।