इटहरी । नागी डान्स सेन्टरले आयोजन गरेको मम्मी तिज डान्स क्विन २०७५ बाट उठेको संकलित रकम बुढीगङ्गा वृद्धाआश्रमका वुद्धवुद्धाहरुलाई सहयोग गरेका छन । तीजको अवसर पारी मम्मी डान्स प्रतियोगिता २०७५ आयोजना भएको थियो ।

प्रतियोगितामा बिभिन्न दाताहरुबाट र टिकट संकलनबाट उठेको नगद रु. २० हजारले आश्रमा चाहिएका अत्यावश्यक सामान तथा साबुन, सर्फ, टुथपेष्ट वितरण गरि नागी डान्स सेन्टरका मम्मी समूहले तिज पर्व मनाएको मम्मी समुहकी अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिईन ।

उक्त डान्स प्रतियोगितामा  २१ जना महिलाहरुले बिभिन्न बोलका तीज गीतहरुमा नृत्य प्रस्तुत गरेर  सहभागी जनाएका थिए ।