विराटनगर । विराटनगरका एक युवाले आफनो जन्मदिन मनाउने खर्चले बाढी पीडितलाई सहयोग गरेका छन् । सुमन प्रसाइले आफनो जन्मदिन मनाउने खर्चले विराटनगरको बाढी पीडितहरुलाई खाद्यान्य सहयोग गरेका हुन् ।

जन्मदिनमा मोजमस्ती गरि फजौल खर्च गरीरहेको अवस्थामा उनले केही हप्ता अगाडी आएको बाढीबाट बिस्थापित भएका ६ घर परिवारलाई खाद्यान्य सहयोग गरेको उनले बताए । उनका अनुसार ८ बोरा चामल, १२ किलो भुजा, २० किलो दाल, १२ किलो चिउरा, १० प्याकेट नुन, २५ प्यकेट बिस्कुट, २ सय पिस क्यान्डल, १० वटा झुल र १० जोडी चप्पल लागाएतका सामाग्री मंगलबार बाढी पीडितलाई हन्तानतरण गरेको लियो क्लबका उपाध्यक्ष पेरिस सुवेदीले जानकारी दिए ।