रङ्गेली । नेपाली कांग्रेस संसदियदलका उपनेता विजयकुमार गच्छदारले वर्तमान सरकारले लगाएको नारा व्यवहारमा उर्तान नसकेको बताएका छन् । उनले सरकार गठन भएको सात महिना वितिसक्दा पनी बोले अनुसकारको काम देखाउन सरकार असफल रहेको बताए । उनले नेपाली काग्रेस मुलुकको समवृद्धि र विकासका काममा सधै सकारात्मक सहयोगकालागी तयार रहेको बताए । पूर्व उपप्रधानमन्त्री गच्छदारले समृवृद्ध नेपाल शुखि नेपालीको अभियान सरकारले ल्याए पनि नारामै सिमित रहेको जिकिर गरे । विराटनगरका संचारकर्मी सँग मगलबार कुरागर्दै उनले सरकार मुलुकको विकास र समवृद्धि छाडेर अन्यत्रै अलमलीको आरोप लागाए । संघियता स्थापित गर्न र राजनैतिक स्थात्वकालागी दलहरु प्रतिवद्ध हुनुपर्ने उनले बताए ।संघियता कार्यान्वयन आइसकेकोले अब कसैले विथोल्न नसक्ने गच्छदारले बताए । नेपालको राज्य प्रणाली संसदिय मुल्य मान्यतालाइ आत्मासाथ गरेर अघि वढे मात्र लोकतन्त्र वलियो हुने भन्दै लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहिवाट हुन नहुने उनले वताए । प्रेश र स्वतन्त्र न्यायालय कम्जोर भए लोकतन्त्र धरासायी हुने उनको भनाइ थियो । नेता गच्छदारले कांग्रेसको भाद्र २८ गते बस्ने केन्द्रिय समिति वैठकले सम्झौता अनुसार फोरम लोकतान्त्रिकका कार्यकर्ताको सम्मान जनक समायोज हुने दावि गरे । कांग्रेसको पार्टी उपसभापती सहित केन्द्रिय सदस्य,महाधिवेशन तथा महासमिति सदस्य पदमा फोरम लोकतान्त्रीका नेता तथा कार्यकर्र्ताको समायोजनकालागी प्रस्ताव गरिसकेको बताए ।