भद्रपुर । नेपालको सवैभन्दा होचो झापाको कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष ०७५।७६को लागि ५१ करोड ४० लाख ७८ हजार बरावरको बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका केही परिषद सदस्यहरुको विरोधका बावजुद मङ्गलबार बसेको बन्द सत्रले बजेट पारित गरेको हो ।

बजेटलाइ उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार चालु तर्फ २८ करोड ४५ लाख ४० हजार र पूजीँगत तथा सशर्त तर्फ २२ करोड ८६ लाख ६ हजार विनियोजन गरिएको छ । त्यसैगरी व्यहोरिने स्रोतका रुपमा आन्तरिक आयबाट ८० लाख,नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट १२ करोड ४५ लाख तथा सर्शत अनुदान १५ करोड ३१ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट ३७ लाख ७० हजार,राजस्व वाँडफाँडबाट ८ करोड ५ लाख २१ हजार,सवारी साधन कर वाँडफाँडबाट ५१ लाख ११ हजार उल्लेख गरिएको छ । गाउँपालिकाले प्रदेश सर्शत अनुदान १ करोड,तराइ मधेश समृद्ध कार्यक्रमबाट १ करोड २ लाख ४० हजार, अ.ल्या. ५ करोड ४१ लाख १७ हजार, सामाजिक सुरक्षा तर्फ केन्द्रीय सरकारबाट प्राप्त ६ करोड १४ लाख ८६ हजार र अन्य आय २३ लाख ३३ हजार समेत गाउँपालिकाको सञिचत कोषमा जम्मा भई सो कोषबाट खर्च हुने अनुमान प्रस्ताव गरेको जनाइएको छ ।

बजेटमा आर्थिक विकास तर्फ कृषि तथा पशु स्वास्थ्य सेवालगायत विभिन्न कार्यक्रम साथै आयोजनाहरुका लागि ६१ लाख ३द्द हजार,पर्यटन तर्फ १९ लाख, सहकारी तर्फ साढे ४ लाख र वित्तीय क्षेत्रमा ४४ लाख गरी १ करोड २८ लाख ८२ हजार बजेट छुट्टाइएको छ । त्यसैगरी सामाजिक विकास तर्फ शिक्षा लगायत विभिन्न आयोजनाहरुका लागि १२ करोड २ लाख ४९ हजार, स्वास्थ्यमा३ करोड ४ लाख ८ हजार,खानेपानी तथा सरसफाइ १० लाख,संस्कृति प्रवद्र्धन तर्फ २५ लाख ७० हजार,खेलकुद तथा मनोरञ्जनमा २० लाख ५० हजार र लैङगिक समानता तथा समावेशीकरण तर्फ३५ लाख ४० हजार गरी १५ करोड ९८ लाख १ हजार विनियोजन गरिएको छ । त्यस्तै पूर्वाधार विकास तर्फ २२ करोड ८४ लाख ६ हजार रहेको छ । गाउँपालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ७२ लाख ५० हजार छुट्टयाएको छ भने संस्थागत विकासमा १० करोड ९७ लाख ३९ हजार विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कचनकवलको गाउँ सभा सम्पन्न ,वार्ता असफलसगै विपक्षीबाट थप आन्दोलनको तयारी कचनकवल गाउँपालिका अध्यक्षले पुनःगाउँ सभा सम्पन्न गरेको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा उत्पन्न विबाद साम्य नभएपछि पुनः गाउँपालिकाले सभा बोलाएर वहुमतको आधारमा परिषद सम्पन्न गरेको हो । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले असन्तुष्ट पक्षसँग बार्ताको माध्यमबाट मागहरु सम्बोधन गर्ने गरी दुइपटक बसेको वार्तामा दुवैपक्षले आफ्नो अडान नछोडेपछि तीनदिन देखि स्थगित भएको परिषद मङ्गलबार विहान १० बजे बोलाइएको थियो । बजेटलाइ बहुमतको आधारमा पारित गरेको अध्यक्ष आलमले जनाए । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले वहुमत देखिएको छ । गत सनिबार गाउँ सभामा परिषद सदस्यबीच हातपात भएपछि अध्यक्ष आलमले आइतबार ८ बजेसम्मलाइ सभा स्थगित भएको घोषणा गरेका थिए । आइतबार बजारमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेर र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेका थिए । ताला बन्दी गरेपछि समर्थकहरु गाउँपालिकामा नै बन्द सत्र गर्ने योजना बनाएका थिए । तर, विपक्षीले गाउाँलिकामा नै ताला लगाउने योजना बनाएपनि बाक्लो सुरक्षाकर्मीका कारण सफल भएनन । असन्तुष्ट पक्षले उग्ररुप लिएपछि वार्ताको माध्यामबाट उत्पन्न विबाद टुङ्ग्याउने अध्यक्ष आलमले जानकारी गराएपछि भीड साम्य भएको थियो । वार्ताका लागि असन्तुष्ट पक्षबाट भूमी राजवंशी र गाउँपालिकाबाट अध्यक्षको सम्योजकत्वमा दुवैतर्फ पाँच÷पाँचजना वार्ताका लागि सहमति भएका थिए । वार्तामा विपक्षले शनिबार उद्घाटन गरिएको गाउँसभा पुन पत्रकाटेर गरिनु पर्ने, साविकमा रहेको गाउँपालिकालाई सार्न लागिएको स्थान उपयुक्त नभएकोले पुन सूचना जारी गरिनु पर्ने, अध्यक्षको मनोमानीलाइ तत्काल सच्याउनु पर्ने, मर्मत सम्भारमा गरिएको काम पारदर्शी तवरले सार्वजानिक हुनु पर्ने लगायतको पन्ध्र बुद्धा समेटिएको विषयवस्तु वार्तामा लगिएको सम्योजक राजवंशीले जनाएका थिए । दुइदिन वसेको लामो वार्ता तथा छलफलमा अध्यक्षले गाउँपालिका सार्ने बिषयमा आफ्नो अडान कायम राखेपछि वार्ता विना निष्र्कश टुङ्गिएको राजवंशीले जानकारी दिए । वार्ता विना निश्कर्ष टुङ्गिएपछि तत्काल बसेको बैठकले कानुनी रुपमा लडने तयारी भइरहेको सम्योजक राजवंशीले बताए । गाउँपालिकाले पुनः मङ्गलबार गर्ने सभामा विपक्षीका १४ जना परिषद सदस्य उपस्थित नभएको सम्योजक राजवंशीको भनाइ छ । अव कानूनी रुपको आन्दोलन घोषणाबाट टुङ्गोमा पुर्याइने असन्तुष्ट पक्षका सदस्य उमाशङ्कर गणेशले बताए । गाउँपालिका सार्ने विषयमा आर्थिक वर्ष ०७४।७५ मा नै सभाले पारित गरिसकेको कुरालाइ उल्टयाउन नमिल्ने अध्यक्ष आलमको भनाइ छ । उहाँहरुको पहिलो माग नै केन्द्र परिवर्तन भन्ने विषयमा रहेकोले यो सभाले पारित गरीसकेकोले यो बाहेक अन्य विषयमा छलफल गरौ भन्दा नमानेपछि वार्ताबाट निश्कर्ष नआएको आलमको भनाइ छ । सभालाइ यतिलामो सम्म तन्काएर लैजानु ठिक नभएकोले मङ्गलबार १० बजे परिषद बोलाएर सम्पन्न गरिएको उनले जनाए । गाउँपालिकामा राप्रपाको बहुमतको स्थानीय सरकार छ । गाउँपालिका अध्यक्ष अन्जार आलमले शनिबार उद्घाटन भएको घोषणा गर्ने वित्तीकै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेर टेवुल फुटाउँदा परिषद सदस्य समेत रहेकी लक्ष्मी देवी लिम्बू घाइते भएकी थिइन्् । विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थलमा जवरजस्ती गर्न पाइदैन, गाउँसभा बन्द गर,जनताको मागलाइ पूरा गर लगायतका नारा लगाएका थिए । बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठा जग्गामा गाउँपालिका लैजान लागेकोमा अन्यले विरोध जनाउदै आएका छन् ।