चक्रघट्टी । वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा ६० लाखको लगानीमा ५ कोठे स्वास्थ्य चौकी भवन निर्माण भएको छ । भवन निर्माण समितिले एक औपचारिक कार्यक्रमको आयोजना गरी मङ्गलबार हस्तान्तरण गरेको छ । क्षेत्र विकास पूर्वाधार कोषबाट ४५ लाख र नगरपालिकाको १५ लाख सहयोगमा भवन निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी निर्माण समितिका सचिव रत्न राउतले जानकारी दिए । यद्यपि, बजेट अभावका कारण स्वास्थ्य चौकीको काम पूरा हुन सकेको छैन । ६० लाखमा ५ कोठे भवन निर्माण सम्पन्न भैसके पनि बजेट अभावका कारण ट्वाइलेट, बाथरूम र बिजुलीको काम पूरा गर्न नसकिएको निर्माण समितिका अध्यक्ष बद्री घिमिरेले जानकारी दिए । स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ चौकीको अवधारणा अनुसार स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल भइरहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रकासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । स्थानीयलाई स्वास्थ्य सेवाको सहज पहुँचमा लानका लागि यसको नगरले बजेट विनियोजन गरी सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने योजना बनाएको नगर प्रमुख निलम खनालले बताए । ‘स्वास्थ्य चौकी नगरको सम्पत्ति हो हो, यसलाई संरक्षण र सम्बद्र्धन गर्नु नगरको कर्तव्य हो,’ नगर प्रमुख खनालले भने, ‘स्वास्थ चौकीलाई बर्सेनी नगरले बजेट विनियोजन गरेर एक सुविधा सम्पन्न स्वास्थ चौकी बनाई नगरका जनतालाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य छ ।’ आर्थिक वर्ष ०७२÷७३ मा क्षेत्र विकास पूूर्वाधार कोषको ४० लाख सहयोगबाट स्वास्थ्य चौकीको निर्माण शुरु भएको हो । असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नु भए पनि बैशाख अन्तिममा सम्झौता भएकाले समयमै काम सम्पन्न गर्न नसकेका कारण विनियोजित रकममबाट १५ लाख राज्य कोषमा फिर्ता भएको छ ।