ताप्लेजुङ । सरकारी कार्यालयको छाप किर्ते मुद्धामा फरार एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरि ताप्लेजुङ ल्याईएको छ । गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको मुद्धाको आधारमा फुङलिङ नगरपालिका स्थायी घर भई हाल ललितपुर धापाखेलमा डेरा गरि बस्ने रविन सेनेहाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ४७ वर्षिय सेनेहाङलाई ललितपुर प्रहरीको सहयोगमा वाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । सेनेहाङलाई ताप्लेजुङ ल्याई अदालतबाट म्याद थप गरि अवश्यक अनुसन्धान जारी रहेको प्रहरीको सञ्चार शाखाले जानकारी दिएको छ । अभियुक्तलाई गत भदौ २० गते पक्राउ गरिएको थियो ।