मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका-१ स्थित मुर्चुङ्गी भन्ने स्थानमा ‍घाँस काट्ने क्रममा लडेर १ बृद्ध घाईते भएका छन् ।

मंगलवार दिउँसो करिव २ बजेको समयमा घर नजिकै रहेको बारीमा घाँस काट्न गएका ६० बर्षीय केबलमान लिम्बु बारीको कान्ला लडेर घाईते भएका हुन् ।

घाँस काट्न गएका लिम्बु साँझ सम्म पनि घर फर्केर नआए पश्चात खोजी गर्ने क्रममा बारीको कान्ला देखी १५ फिट तल अचेत अवस्थामा फेला परेका थिए ।

लडेर घाईते भएका लिम्बुलाई उपचारको लागि बिराटनगर स्थित विराट नर्सिङहोममा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।