पाँचथर/ फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलामा सावधानी बोर्ड राखिएको छ । हेंवा खोलामा अस्वभाविक रुपमा मानिस बग्न र बेपत्ता हुन थालेपछि फिदिम नगरपालिकाले थापाटारस्थित खोला किनारमा बोर्ड राखेको हो ।
बोर्डमा बर्षाको समय भएकाले खोला किनारामा प्रवेश नगर्न, नुहाउने, कपडा धुने, माछा मार्ने, पौडि खेल्ने लगायतका कार्य नगर्न आग्रह गरिएको छ ।
खोलामा मानिस बग्ने र बेपत्ता हुने क्रम बढेपछि भौतिक तथा मानवीय क्षतिलाई कम गर्न बोर्ड राखिएको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताए ।
हेंवाखोलामा यहीं भदौ महिनामा मात्र तीन जना मानिस बगेका छन् । जसमध्ये दुई जनालाई मृत भेटिएको थियो । एक नौ बर्षिय बालक भने अझै बेपत्ता छन् ।