इटहरी । इटहरी २० तरहरामा रहेको हाँसपोसा सामुदायिक वनमा अध्यक्ष रहदा आफुलाई भष्ट्रचारको आरोप लागेको भन्दै सामुदायिक वनका अध्यक्ष कर्ण राउतले राजिनामा दिएका छन । राउतले मगंलबार छानविन तथा न्यायिक समितिलाई राजिनामा बझाएका हुन ।

अध्यक्ष राउत माथी निलम्बीत गरी छानविन समिति गठन भएको थियो । लामो समय देखि सामुदायिक वनमा आउँने आयस्रोत्रलाई अपचलन गदै आएको आरोप उनी माथी लागेको थियो छानविन तथा न्याीयक समितिका संयोजक महेन्द्र गिरीले राउतले राजिनामा दिएको बताए ।

यता आरोपित राउतले भने आफुलाई विभिन्न लान्छाना लगाएर फसाउँन खोजेको भन्दै अध्यक्षबाट राजिनामा दिएर पुःन अध्यक्षमा उठ्ने बावातारण बनाएको बताए । मलाई विना प्रमाण आरोेप लगाईयो ,मैले सबै सँग सल्लाह गरेर अध्यक्ष उठ्न पाउँने गरी न्यायिक समितिलाई सजिलो होस भनेर राजिनामा दिएको हुँ । यस अघि नै अन्य पदाधिकारीले राजिनामा दिइसकेका छन ।