धरान/अन्तराष्ट्रि प्राथमिक उपचार सप्ताहको अवसर पारेर रोट्याक्ट क्लब अफ धरान घोपाले बुधबार धरान स्थित डिपो माध्यमिक बिद्यालयमा प्राथमिक उपचार सम्बन्धि तालिम दिएको छ ।
साप्ताहब्यापी कार्यक्रम अनुसार विद्यार्थीहरुलाई तालिम दिइएको रोट्याक्क क्लब आफ धरान घोपाकी कार्यक्रम संयोजक प्रियङका ठकुरीले जानकारी दिइन ।उनले पुर्नजिवन केन्द्रहरुमा पनि प्राथमिक उपचार र यसको महत्वको बारेमा जानकारी दिइने बताईन ।
तालिम संगसँगै विद्यार्थीहरुलाई प्राथमिक उपचारका बारेमा जानकारी पनि दिइएको रोक्ट्याक्ट क्लब अफ धरान घोपाकी जनसम्पर्क प्रमुख सृजना मैनालीले जानकारी दिइन ।
तालिममा घाउको उपचार,रगत बग्ने समस्याको रोगथाम,हड्डी भाचिएको वा मर्किएको,मेरुदण्ड भाचिएको,नाक,कान,आँखाको चोटपटक,कुकुर तथा सर्पको टोकाई जस्ता बिषयहरुमा जानकारी गराउदै प्रयोगात्मक बिधिबाट तालिम दिइएको मैनालीले बताईन ।
प्राथमिक स्वास्थ्य सम्बन्धि तालिम इरु प्याकुरेल,प्रियाङका ठकुरी,प्रतिक्षा तिवारी र शारदा धितालले दिएका थिए ।