इटहरी । तीव्र गतिमा बढिरहेको शहरीकरण, सडकको बिस्तार गर्दा हुर्कदै गरेको रुख कटान भएको भन्दै इटहरीबासीले चिन्ता ब्यक्त गरेका छन । बाटो विस्तार गर्ने क्रममा लामो समय देखि हुर्काएको रुख कटान भएको भन्दै सामाजिक अगुवाहरुले सडक आसपासको रुख मनपरी तरीकाले काटेको भन्दै आपत्ती जनाएका हुन ।
उद्योग बाणिज्य संघ इटहरीका सदस्य तथा सामाजिक अगुवा दिवस पोखेरेलले इटहरी चौकमा बर्षे देखि रहदै आएको रुख कटान गरेर नगरले गल्ती गरेको प्रतिक्रिया दिएका छन । उनले धरान विराटनगर सडक विस्तार गर्नु पर्छ भन्दा विरोधी बन्नेहरुलाई अहिले पूर्व पश्चित लाईनको बाटो विस्तारमा मुख्य भुमिकामा देखिएको जनाए । पहिलो विरोध गर्ने समुहनै बनाएर लाग्ने ब्यापारी नेता अहिले पूर्व पश्चिमको ब्यापारीलाई दुख दिन लागेको समेत आरोप लगाए । साना साना सार्ने सकिने रुखहरु समेत स्काईभेटर प्रयोग गरेर कटान गरीएको उनको भनाई थियो ।
यता इटहरीका ब्यावसायी मुकुन्द भट्टराईले इटहरीको पूर्व पश्चिम लाईनमा रुख काटिदा दुख लागेको बताए । केहि वर्ष अघि सम्म हरित नगरी इटहरी अहिले उराठलाग्दो हुदै आएको उनको भनाई थियो । विरुवा रोप्न विभिन्न अभियान सञ्चालन गरेको इटहरी उपमहानगरपालिकाले हुर्केका अक्सिजन दिने विरुवाहरु धमाधम काटिएको भन्दै आपत्ती जनाए । उनले भने अहिले नै रुख नै ढाल्नु पर्ने अवस्था थिएन ।
जिल्ला बन कार्यलय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले इटहरी उपमहानगरपालिकाले कर्मचारी खटाईदिनु भनेर गत २४ गते पत्र पठाएको थियो । हामीले सडक डिभिजनलाई भन्नु पर्छ भनेका थियौ । रुख काटेको विषयमा जनताको धेरै गुनासो आए पछि थाहा भयो निरौलाले भने । यसरी रुख काट्न पाउँने अधिकार कसैलाई छैन निरौलाले भने ।
सडक डिभिजन कार्यलय विराटनगरका डिईइ चितेन्द्र चौधरीले पत्र काटेको थियो । रुखै काटेर अब्यवस्थीत गर्ने काम गरेको बताए । अब्यवस्थित तरीकाले रुख काट्नु गैरकानुनी हो । रुख काट्ने बेला आएकै थिएन अहिले जथाभाबी रुख काट्नु हुदैन थियो । हामीले बाटो क्लियर गर्नु भनेका छौ । वन सँग समन्वय गरेर गर्नु पर्ने काम मनपरी काटियो उनले भने । त्यहाँ काटेको रुख बन कार्यलय अथवा सडक डिभिजनमा आउँनु पर्यो डिईई चौधरीले भने ।
यता इटहरीको मेयर द्धारिकलाल चौधरीले भने सडक खाली गराउँनका लागी केहि सडकलाई अबरोध गर्ने रुखहरु कटान भएको स्वीकार गरे । सुन्दर इटहरीलाई नै कुरुप बनाउँने खालका रुखहरु कटान भएको उनको भनाई थियो । हामीले सडक आसपासमा अबरोध गर्ने अन्य सडकको पोल तथा संरचनाहरु भत्काउँने तयारी गरेका छौ मेयर चौधरीले भने । हामी सडक तथा बन सँग पनि समन्वय गर्ने तयारीमा छौ मेयर चौधरीले थपे ।