विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाले जेहन्दार तथा आर्थिक विपन्न सामुदायका ३३ जना छात्रा विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर शुक्रबार हरिनगर गपा ४ स्थित हरिनगर माध्यमिक विद्यालय परिसरमा एक कार्यक्रमको विच साइकल तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अध्यपान गर्न आउँदा विद्यालय आवत जावत गर्न गर्न सजिलो होस भन्ने उद्देश्यले गाउँपालिकाले साइकल वितरण गरेको हो । गाउँपालिकामा रहेका मर्दसा तथा एक दर्जन विद्यालयका छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।
छात्राहरुलाई गाउँपालिकाले व्याग तथा विभिन्न शैक्षिक समाग्री समेत वितरण गरेको थियो । साइकल सहित तीनलाख रुपैयाको शैक्षिक समाग्री वितरण गरिएको अध्यक्ष अन्सारीले जानकारी दिए ।
१ नम्वर प्रदेशको उपसभामुख सरस्वती पोखरेल, १ नम्वर प्रदेश नेपाली कांग्रेस संसदिय दलका नेता राजिव कोइराला तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तथा प्रदेश सांसदहरुले छात्रालाई साइकल वितरण गरेका थिए ।
सोही अवसरमा वक्तित्वकला प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफनो मौलिक साँस्कृतिक झल्किने नृत्य प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गरे । मुसलिम समुदायका छात्राहरुले आफनो भाषामा कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा वोल्दै उपसभामुख पोखरेलले वालवालिका भविष्यका कर्णाधार भएकाले छात्राहरुलाई साइकल वितरण गरेर गाउँपालिकाले उदारणिय काम गरेको बताए । कार्यक्रममा संसदियदलका नेता राजिव कोइरालाले साइकल पाएकोमा वधाई दिदै छात्राहरुलाई मन लगाएर पढ्न आग्रह गरे ।